भारतमा छैटौंं चरणको चुनाव आज हुँदै ,,
वैशाख २९ ,नयाँदिल्ली – भारतमा जारी १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार छैटौं चरणको मतदान हुँदै छ ।
यो मतदानको चरणमा विभिन्न सातवटा राज्यका ५९ लोकसभा सदस्यको फैसला हुने छ १ करोड ४३ लाख मतदाता रहेको दिल्लीका ७ स्थानमा यसपटक १ सय ६४ जना उम्मेदवार मैदानमा छन् ।
तीमध्ये दिल्लीका सातवटा लोकसभा क्षेत्रमा पनि आइतबार नै मतदान हुँदै छ ।सन् २०१४ को चुनावमा भाजपाले दिल्लीका सातवटै स्थानमा विजय हासिल गरेको थियो भने कांग्रेसले तेस्रो स्थानमा चित्त बुझाउन परेको थियो ।
२०१४ को जस्तो भाजपामा त्यो चुनावको लहर नदेखीएको हुनाले कांग्रेसमा केहि मनोबल बढेको देखिन्छ ,।यसपटक पूर्व मुख्यमन्त्री शिला दीक्षितको सक्रिय राजनीतिमा पुनरागमन भएकि छिन।
केहि महिना अगाडी मात्र पनि चुनावको विषयलाई लिएर बलिउड कलाकारहरु प्रवेश गरेको समाचार भईरल हुन आएको थियो चुनावी परिणाम केहिदिन कुर्न पर्ने छ।