दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प ,,
वैशाख २९ , काठमान्डौ – दैलेख बेन्द्रबिन्दु भएर ५.१ रिक्टरको भुकम्प गएको छ ।जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको छ ।भुकम्पबाट कुनैक्षति विवरण भयको भने प्राप्त खबर नभयको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ।
२०७२ सालको महाभूकम्पका धक्का हरु देशैभर बेला बेलामा जाने गरेको भुकम्पमापन केन्द्रले जनाएको छ। २०७६ साल वैशाख ११ गते धदिङ् केन्द्रबिन्दु भएर एकै दिनमा तिन पटक सम्म भुकम्पको धक्का गएको थियो।