Simta
Gurvakot
Gurvakot

आज देखि कक्षा ११ को परिक्षा सुरु ,,

वैशाख २९ , काठमान्डौ – आज देखि कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । उक्त परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् ।

Simta

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा ११ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । बिहान ७ बजेदेखि परिक्षा संचालन संगै आज अंग्रेजी विषयको परिक्षा भएको छ।

परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । यसैगरी बोर्डले परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

lekbesi