नापी सर्वेक्षक २० हजार घुससहित अख्तियारको फन्दामा,रंग दर्पण, ,

 

२९ बैशाख ,नवलपरासी पश्चिम –   सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नवलपरासी पश्चिमको नापी कार्यालयका सर्वेक्षक छत्र बहादुर ठकुल्लालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले नापीकार्यालयका सर्वेक्षक छत्र बहादुरको साथबाट सेवाग्राहीसँग लिएको रु. १ हजारका २० थान जम्मा २० हजार घुस रकम सहित रङ्गेहात प्रकाउ गरेको हो ।

बर्दघाट नगरपालिकाका-१६ का एक सेवाग्रहीको पूर्जामा जग्गा उल्लेख भएपनि नक्सामा नभएकाले मिलाइ दिने भन्दै ठकुल्लाले २० हजार माग गरेका थिए ।
क्षेत्रफल सुधार गर्ने भनी सेवाग्राहीसँग रकम लिदै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको आयोग कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिएका छन ।

अंगव यादव नवलपरासी पश्चिम,,