को बनछ करोडपतिमा पहिलो करोडपति बने मोरङ्का राजीव जैन नेपालमै पहिलो ईतिहास रचन सफल ,,

Naumule

वैशाख २९ , काठमान्डौ – नेपालको चर्चित रियालिटी शो को बनछ करोडपतिले पहिलो पटक करोडपति पाएको छ। को बनछ करोडपति कार्यक्रममा अहिले सम्म १३ औ प्रश्नसम्म कोहिपनि पुग्न सकेको छैन ।को बनछ करोडपति कार्यक्रम एपी वन एच डि मा प्रशारण हुने गर्दछ ।

तर मोरङ्का राजीव जैनले पहिलोपटक १५ औ प्रश्नको सहि जवाफ दिएर करोडपति हुँदै को बनछ करोडपतिको ईतिहास र आफ्नो ईतिहास निर्माण गरेका छन् ।

अँधेरोमा झटारो हान्ने नभई लजिक र ईतिहास ग्यानको आधारमा उनले सहि जवाफ दिदा को बन्छ करोडपति कार्यकर्म चलाउने महायानक राजेश हमालले उनलाई What a Deserving Man समेत घोसना गरेका छन् ।

१३ प्रश्न सम्म सहि जवाफ दिएर खेललाई अगाडी बढाएका राजिव जैनको कार्यक्रमको समय समाप्त भयपछि दोश्रो ईपिसोडमा उनि करोडपति बन्न पुगेका हुन् ।

कार्यक्रममा लिन मिल्ने लाईफ लाईन भने उनले छैठौ र १२ औ प्रश्नमा प्रयोग गरेका थिय ।तेस्पछि सबै प्रश्नको जवाफ लजिकल र उदहारणका आधारमा उनि करोडपनि बन्न पुगे।

Gurvakot

राजिवले दिल्ली उनिभर्सिटिमा पढ्दा भारतको चर्चित रियालिटी शो कुन बनेईगा करोडपतिमा आफ्नो नाम अपलाई गरेपनि उनले खेल्न भने पाएनन। त्यो सपना आफ्नो जन्मभूमि नेपालमा पुरा भयको राजिव बताउछन।

४३ वर्षका राजीव जैन मोरङ् निवासी हुन् , दश वर्ष अगाडी बाट भने उनि सानेपा लितपुरमा बस्दै आएका छन् ।जैन का दुइ छोरी र एक छोरा छन् दिल्ली उनिभर्सिटिको फ़्याकेलिटि अफ म्यानेजमेन्टको पढाईमा पोस्ट ग्र्याजुसेसन र बिए गरेर २००३ मा पासआउट गरेका थिय।

खालि समयमा भने उनि धेरै जसो गुगलमा नयाँ कुरा खोज्ने र पत्रपत्रिका पढ्ने गर्छन ।जितेको करोड रुपैया बाट भने उनले विश्व भर्मन गर्ने घोसना गरेका छन् ।कार्यक्रममा जैनका ११ सदस्य सहभागी थिय ।

उनलाई आफ्नी पत्नीले पनि सारै हौसला दिएको राजिव बताउछन। को बनछ करोडपति को ४२ औ ईपिसोडमा राजिव जैन करोडपतिमा पुगेपछि उनलाई कार्यक्रममा फुल माला संगै महानायक राजेश हमालले सिभिल बैंकको १ करोड रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

बधाई छ राजिव जैनलाई रंग दर्पणको तर्फा बाट ,,

Bangad kupinde