राजधानीदेखि विभिन्न स्थानमा वर्षा, चट्याङबाट ८ जना घाईते ,,

वैशाख ३० , काठमान्डौ – दिनदेखि अगाडीबाट सक्रिय भएको मौसम आजपनि नेपालभर सक्रिय देखिएको छ। राजधानीमा पनि रातभर पानि परेको छ ।भने तेस्तै हिजो परेको असिना पानीले कुलेखानीमा मकै फलफुल लगायतमा ठुलो क्षति पुगेको छ ।

तेस्तै चट्याङ लागेर खोटाङमा एकै परिवारका ४ सहित ८ जना घाइते भएका छन् ।हिजो साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट घाइते भएका हुन् । सोही स्थानका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल पनि घाइते भएका छन् ।

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए ।घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।

आजदेखि मौसममा भने केहि सुधार हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसम बदली भई नेपालमा वर्षा भएको मौसमविद विभूति पोखरेलले बताए।