भारतीय प्रतिबन्धित १६ लाख नोट सहित ५ नेपालि पक्राउ ,,

वैशाख,३०, काठमाडौं – नेपालमा प्रतिबन्धित लगाईएका भारतीय प्रतिबन्धित नोट एक हजार र पाँचसय दरका गरि १६ लाख बराबार नोट सहित ५ जना नेपालि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।परिसरका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई गएराति पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

lekbesi

विशेस सुचनाको आधारमा उनीहरुलाई छापा हान्दा पक्राउ गरिएको बोगटीले बताए । प्रतिबन्धित नोटहरु अहिले नेपालमा धेरै छन् कहिकतै सटही हुन्छकि भन्ने प्रलोभनमा उनीहरुले कारोबारो गरिरहेको हुनसक्ने प्रहरीको
ठम्याई छ ।पक्राउ परेका हरुलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।