पत्रकारको भेषमा रहेका कुपात्रले उपेन्द्र यादवमा नराम्रो व्यवहार गरेकै हुन् उनलाई बेलैमा बाबुराम भट्टराई ,

Naumule

वैशाख ३० ,काठमान्डौ – समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि एक संचारकर्मीले दुर्व्यवहार गरेको भन्दै समाजवादी पार्टी नेपालले एक विज्ञप्ति जारि गरेको छ।

साथै पुर्व प्रधानमन्त्री समाजवादी पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले भनेका छन् ।अध्यक्ष तथा मा. उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि एक संचारकर्मीद्वारा भएको दुर्व्यवहारको समाजवादी पार्टी, नेपालद्वारा भर्त्सना! पत्रकारको भेषमा रहेका यस्ता कुपात्रहरूलाई वेलैमा नंग्याऊ र स्वतन्त्र प्रेसको मर्यादा जोगाउँ!

एभीन्युज टीभीमा लागिएको एक अन्तर्वार्तालाई लिएर अहिले जता ततै विरोध भईरहेको छ ।एभीन्युज टीभीमा राति ९ बजे प्रशारण हुने लाईभ अन्तर्वार्तामा उपप्रधानमन्त्री यादव र अन्तर्वार्ता प्रस्तोताबीच सामान्य भना भनमा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव माईक फालेर उठेका थिय भने प्रस्तोताले तपाई संग जवाफ दिन सक्नु हुन्न भने जान सक्नुहुन्छ भनेका थिय ।

यो भिडियो सामाजिक संजालमा अहिले भाइरल भईरहेको छ ।,यसै विषयलाई लिएर समाजवादी पार्टीले विज्ञप्तिमा लेखेको छ ।आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रसारण प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारले अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै पार्टीको उक्त घटनाको घोर निन्दा गरेको छ ।

पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले यादवमाथि भएको यस्तो दुव्र्यवहारको घोर निन्दा एवं भत्र्सना गर्ने पार्टीका केन्द्रीय कार्यालयका उपमहासचिव प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Gurvakot

विज्ञप्तिमा मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताइएको छ ।

‘तसर्थ, आइतबार राति एभिन्युज टेलिभिजनको कार्यालयमा भएको दु:खद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एंव आम कार्यकर्तालाई निर्देश गर्दछौं ।

यता समाजवादी युवा नेपालले समेत टेलिभिजनको स्टुडियोभित्र गरिएको सञ्चार आचारसंहिता विपरित, अमर्यादित र क्षुद्र व्यवहारप्रति गम्भीर ध्यानकषर्ण भएको जनाएको छ ।

युवा नेपालका सह,इन्चार्ज फिरोज मसंूरद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘सम्बन्धित सञ्चार संस्था, प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ नेपालसँग यस्ता व्यवहार गर्ने पत्रकारलाई अनुशासनको कारबाहीको लागि माग गर्दछ ।

Bangad kupinde