suekhet
bheriad

राजधानी संगै देशभर आजपनि आँधी हुरी ,,

lekabesi

वैशाख ३१, काठमान्डौ – आजपनि राजधानी लगाएत् विभिन्न ठाँउमा मौसम सक्रीए देखिएको छ ।,

गत शनिबार बाट सक्रिय मौसम हिजो सम्म मात्र देशमा आँधी हुरी र चट्याङ् पर्ने भनेपनि आजपनि राजधानीदेखि विभिन्न स्थानमा मौसम खाराब देखिएको छ।

,बिहान देखि मौसम सफा रहेपनि साँझ ५ बजेदखि बाट आँधी हुरी सहितको मौसम देखिएको हो ।भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसम बदली भई नेपालमा वर्षा भएको मौसमविद बताउछन ।

गत आईतबार परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट घाइते भएका छन् ।

सोही स्थानका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल पनि घाइते भएका छन् । आज पनि हिमाल देखि पहाडी अधिकांस जिल्लामा हावा हुरी र वर्षा हुने मौसम पूर्वानुमानले बताएको छ।