सल्यानमा आगलागी बाट ३ जनाको मृतु ३ हजार रेक्टर जंगल सखाप ,,

वैशाख ३१ , काठमान्डौ – सल्यानमा आगलागी बाट ३ जनाको मृतु भएको छ। गर्मि मौसम शुरु भएसंगै विभिन्न जिल्लाको गाँउ, टोलका सामुदायिक जंगलमा आगलागी सुरु भएको छ ।

सामुदायिक बनमा लागेको आगो घरमा आउनथाले पछि आगो निभाउने क्रममा छत्रेश्वरी गाउँपालिका,६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका-९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी-६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।आगलागीमा परेर छत्रेश्वरी-७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका-१ मा चार घर जलेर नष्ट भएका छन् ।

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानमा आगो लागेपछि वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन्, हावाहुरी र सल्लाका रुख बढी भएकाले आगो नियन्त्रण गर्न गाह्रो भएको छ’, उनले भने । हालसम्म आगोले जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको बताइएको छ ।

आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताए ।जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छै्न ।

तेस्तै सल्यानमा बनमा आगो लगाउदै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ शारदा,२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस,

तेस्तै जाजरकोटको जंगलमा पनि ठुलो आगलागी भएको छ ।जाजरकाेट सदरमुकाम खलंगाकाे पश्चिमतर्फ खहरे खाेलाबाट सल्किएकाे आगो बनभरि फैलीएको छ।

डढेलाे खलंगाकाे मानव वस्तीक्षेत्र फैलिएर ठूलाे धनजनकाे क्षति बनाउँला कि भन्ने डरले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार एवं स्थानीय वासिन्दाहरूकाे अथक प्रयासले खलंगा तर्फकाे वस्तीतर्फ विस्तार हुनबाट राेक्न सफल भएको छ।

विभिन्न कार्यक्रमकाे सिलसिलामा जिल्लामा रहनुभएका माननीय वन तथा वातावरण मन्त्रीज्यूकाे निर्देशनमा नेपाल प्रहरी स्थानिय , नेपालि सेनाको टोलि आगलागी तर्फा पठाईएपछि आगलागी नियन्त्रण गरिएको हो ।बन जंगलमा जाँदा स्थानिलाई सलाई लाईटर जस्ता चिज लगी नजान आग्राना गरिएको छ।