तपाईको नजिक सडक कालोपत्रे गर्नुछ भने आन्दोलन गर्नुस ,,
वैशाख,१ जेठ – जनताले भने जस्तो काम नगरेको भन्दै सरकारको धेरैनै आलोचना भैरहन्छ सत्य पनि हो ।खबरदारी गर्ने बेला त पक्कै पनि हो।
केहिदिन अगाडीमात्र राजधानीको चाबहिल,जोरपाटी,साँखु सडकखण्ड धुलो धुँवालाई सरकारले नियन्त्रण नगरेको भन्दै स्थानिय लगायत व्यापारीले आन्दोलन गरेका थिए ।
चावहिल–साँखु खण्डको १२ किलोमिटर सडक २ बर्ष अघि नै कालोपत्रे गर्नुपर्ने भएपनि ठेकेदार, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्ती र केही स्थानीय घरधनीले मापदण्ड विपरितको घर भत्काउन नमानेपछि सडक विस्तारको काम अलपत्र परेको थियो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठका अनुसार वर्षात्का कारण सडक कालोपत्रे गर्न ढिलाइ भएको हो ।स्थानीयको आन्दोलनपछि भएको सहमतिपछि बौद्ध टुसालदेखि जोरपाटी खण्ड र नारायणटार खण्डमा कालोपत्रे गर्न थालिएको छ ।