Simta
Gurvakot
Gurvakot

प्रहरीको गोलि लागि विप्लव कार्यकर्ताको मृतु ,,

जेठ ८ , भोजपुर – प्रहरीको गोलि लागि  विप्लव कार्यकर्ताको मृतु भएको छ ।भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका,२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।

प्रहरी संगको मुढ भेडमा गोलि चलाउदा उनको थिघ्रामा गोलि लागेको थियो षडानन्द नगरपालिका,२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् ।

गोलि लागेका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उनको मृत्यु भएको हो ।यता विप्लव समुहले भने प्रहरी संग कुनै मुठ भेड नरहेको प्रहरीले आफ्ना कार्यकर्तालाई नितंत्रणमा लिएर गोलि हानि हत्या गरेको दाबि गरेको छ।

lekbesi
Simta

नेकपा सगरमाथा व्युरोका नेता शैलेसका अनुसार यो सर सर झुट हो प्रहरी संग कुनै मुठ भेड भएको छैन ,कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरिएको हो उनले भने ।

प्रहरीले भने गस्तीमा हिडेको बेला आफूहरुमाथि गोलि चालाएपछि जवाफी फ़ाईरिङ्ग गरेको दाबि गरेको छ। केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेकाे बताएकाे छ । प्रहरीले विप्लव कार्यकर्ता मरेको भने यो पहिलो घटना हो ।सरकारले विप्लव समूहमा प्रतिबन्धित लगाएको छ ।प्रतिबन्धित पछि विप्लव कार्यकर्तालाइ पक्राउ गर्ने र मुढ भेढ हुने जारि नै छ ।