मतपरिणाम भन्दा अगावै मोदीलाई प्रधानमन्त्री ओलीको सुभकामना ,,

जेठ ९ , काठमान्डौ – भारतीय लोकसभा चुनावको मतपरिणाम अगाबै भारतीय प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सुभकामना व्यक्त गरेका छन् । लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।
भारतमापनि संचारमाध्यामले फेरी पनि मोदी प्रधानमन्त्री हुने भन्दै उत्साहजनक देखिएका छन् । ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कँग्रेस निकै नै पछाडी देखिएको छ ।

लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्। कार्यकाल सफल होस् मा आगामीदिनमा हजुर संग काम गर्न चाहन्छु ।

