यस्ता वडा अध्यक्ष जसले अाफ्नो भत्ता बाट गरिबको बिवाह गराइ दिन्छन् ,,

  जेठ् ११ – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका एक वडा अध्यक्ष र समाजसेवी उदाहरणीय कार्य गरेका छन् । राग्राम नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरको नेतृत्वको १० जनाको एक समुहले बैशाख १३ गते विपन्न परीवारका छोरीको विहे गराएका छन् ।
वडा नं. ८ कै बुवा किशोर धोवि र आमा रम्भा धोविको काँख बाट जन्मेकी छोरी मैना देविको विहे वडाअध्यक्षले गराएका हुन् । केही महिना अगाडि रुपन्देही जिल्लाको ललितपुर बस्ने बलिराम धोविको छोरा मनोहर धोवि संग लगनगाँठो गरी विहे तय गरीएको थियो । विहे हुने समय दुबै पक्षले तय गरीसकेपछि दुबै पक्षले विहेको तयारी गर्न थाले ।
यसैविच केटिपक्ष दुलहीको बुवा किशोर धोविले पनि विहेको तयारीमा लागे । गरीब घरपरीवार भएको दुल्हीको बुवा पैसाको जोहोमा भौैतारीन थाले । केटा पक्षले आफ्नो घरमा जन्ती लिएर आँउद खान बस्न व्यवस्थापनाको लागि पैसा नभई नहुने किशोरले तनावमा बस्न थाले ।
यसै विचमा किशोरले गाँउमै रहेका विभिन्न सहकारीहरु माथि निर्धक भएर पैसा अन्त खोज्नु पर्ने अवस्था आँदैन भने आसमा बसे । तर उनको गरीबिलाई कस्ले सम्झने अनि शहकारीहरु ले पनि पैसा दिन मानेन । त्यसपछि उनि अन्य साथीभाईकोमा पनि पैसा सापटीको लागि सहयोग मागे तर साथीभाईहरु ले पनि दिएन्न । विहे गर्न जम्मा १० दिन बाँकी रहँदा कसरी गर्ने भनेर उनि अब नहुने भयो भनेर मानशिक तनावल लिन थाले ।
यसरी विहेको समय नजिकदै जाँदा पैसाको व्यवस्थापन हुन नसकेपछि उनलाई चिन्ताले सताउन थाल्यो । यो अवस्थाको वारेमा त्यसै वडाका वडा अध्यक्ष महेन्द्र ठाकुरलाई थाहा हुन पुग्यो । यसरी पैसाको अभावमा विहे नै टुट्न सक्छ सोच्दै वडा अध्यक्षले कति ? खर्च लाग्छ म दिन्छु र अन्य साथी भाईको बाट सहयोग गराउँछु भनेर दुल्हीको वुवा किशोर धोविलाई भने !
वडाअध्यक्षको कुरा सुनेपछि उनलाई भित्र सम्म छोयो यस्तो पनि मान्छे संसारमा छन् जुन कठिनाईको समयमा देउता बनेर आउँछन् र उनि किशोर विहेको तयारीमा जुटे । विहेको लागि सम्पुर्ण खर्च व्यहोर्न वडा अध्यक्षको नेतृत्वमा करीब १० जनाको एक समुह खडा भयो ।
गरीब घरपरीवार भएका ति किशोरको छोरीको विहे जसरी भएपनि हुनै पर्छ भनेर गाँउका केही समाजसेवी व्यक्तिहरु पनि लागे र आर्थिक सहयोग गरे ।
पैसा कहिले पनि फर्काउनु पर्दैन भन्दै ति वडा अध्यक्ष लगायतको टोलिले केटी पक्षलाई भने । केटी पक्षले पनि विहेको पुर्ण तयारी गरी आफ्नै घर बाट छोरी मैनादेविको विहे गर्न सफल भए । वडाअध्यक्ष महेन्द्र ठाकुरले आफ्नो तलब भत्ता आउने सबै रकम ति केटीको विहेको लागि दिएका छन् ।
यसरी वडा अध्यक्षको र केही स्थानिय समाजसेविहरुको सहयोगमा एक घरपरीवार बस्न पाएपछि ति समाजसेविहरु चर्चामा रहेका छन् । यस्तो समाजिक कार्यमा सहयोग गरेका वडाअध्यक्षले आँफुले सकेसम्मको यस्ता पीडित परीवारलाई अगामी दीनहरुमा पनि सहयोग गर्ने र अन्य व्यक्तिहरु लाई गर्नको लागि आग्रह समेत गर्ने वडाअध्यक्षले बताएका छन् ।
यस अघि पनि अध्यक्षले अाफ्नो भत्ता बापतको रकम बाट वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई धार्मिक स्थलको दर्शन समेत गराइसकेको बताइएको छ । त्यसैगरी वडा भित्र मृत्युु हुने परिवारलाई क्रिया खर्च बापत नगद रकम सहित खद्दान उपलब्ध गराउदै अाउनु भएको छ ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम
Attachments area