suekhet
bheriad

तीन वर्षदेखि ठप्प रुम्जाटार विमानस्थल सुचारु ,,

lekabesi

जेठ, १७ ,ओखलढुंगा काठमाडौँ – करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थल रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ ।

आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए । ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए ।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।

उनका अनुसार हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ ।