suekhet
bheriad

प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो,

lekabesi

जेठ, १७ ,काठमाडौं –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका छन् । साथै राष्ट्रपति विद्या भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । शुक्रबार उनले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुबै नेताले उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।यस्तो भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत हुने दुबैको विश्वास छ ।

प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको  नेपाली दूताबासले जनाएको छ ।