suekhet
bheriad

पाँच वर्ष सम्म केपीजीले नै सरकार चलाउनु हुन्छ ,,

lekabesi

जेठ १८, काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

सुनसरी क्षेत्र नं,१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए ।

दाहालले भने हामि निरन्तर संवादमा छौ पाँच वर्ष सम्म केपीजीले नै प्रधानमन्त्रीमा रहेर सरकार चलाउनु हुन्छ मिडियाको पछि नलाग्नुस प्रचण्ड दाहालले भने ।

दाहालले पाँच मिनेटसम्म मात्र सम्बोधन गरेकेका थिय अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा उभौलीको समापन गर्न धरान आएका अध्यक्ष दाहालले यस्तो बताएका हुन् साथै पार्टी एकतामा रहेका बाँकी कामलाई केहि दिनमै टुङ्ग्याउने पनि दाहालले जानकारी गराए ।