काठमान्डौ देखि नेपालगंज उडेको यात्रुवाहक हजाज मौसमका कारण विराटनगरमा अवतरण ,,

जेठ १८ , काठमान्डौ – केहि सातादेखि राजधानी देखि विभिन्न जिल्लामा मौसम सक्रिय देखिएको छ। मौसम संगै राजधानीमा आँधीहुरी र असिना पनि परेको छ।

राजधानीदेखि विभिन्न जिल्लामा उड्ने जहाज स्थगित समेत भएका छन् ।काठमान्डौ देखि नेपालगंज उडेको बुद्द एयरको यात्रुवाहक विमान उडेको ४ घण्टा सम्म आकाशमै चक्कर मारेर विराटनगरमा पुगेर अवतरण गरेको छ ।

राजधानीदेखि ५ बजे नेपालगंजको लागि उडेको बुद्द एयरको विमान नेपालगंजको आसपास पुगेको थियो ।मौसमका कारण अवतरण गर्न नसक्दा भैरवामा पनि अवतरण गर्ने प्रयास गरेको थियो।

भैरवामा पनि अवतरण हुन नसक्दा विमान काठमान्डौ फर्कीएको थियो ।काठमान्डौमा पनि अवतरण गर्न नसक्दा उक्त विमान विराटनगरमा पुगेर अवतरण गरेको हो ।

राजधानी देखि सिमरा , भैरवा, लगायतका लागि उडेका विमान विराटनगरमा अवतरण गरेका छन्युक्त बुद्द एयरको विमान भोलि काठमान्डौ आएर मात्र नेपालगंजको लागि यात्रु भर्ने छ।