आफै भत्काईयो आफै उठाईन्छ,,
जेठ १८ , चितवन – गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भएको झगडा सुल्झीएको छ ।सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् ।
धर्मुस सुन्तली फाउन्डेशन निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लगाईएको बार स्थानियले १५ गते डोजर लगाएर भत्काईदिएका थिय ।
रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो । हाल त्यहाँ ७ मिटरको बाटो छ । रंगशाला निर्माण भएपछि ३१ मिटरको बाटो बन्दा आफ्नो उठिबास हुने भन्दै स्थानीयबासीले अहिले नै जग्गा छुट्याउन माग गरेका थिए ।
तर, फाउन्डेशनले यसबारे आफूले निर्णय गर्न नसक्ने भन्दै डीपीआर आएपछि छलफल गर्ने आश्वासन दिए । त्यही विवादमा स्थानीयबासीको समूहले जोडर लगाएका थिए ।
तर, शुक्रबार राति अवेर भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउन्डेशनबीच सहमति भएको छ ।रंगशालाको पश्चिम क्षेत्रमा सात मिटर चौडाको बाटो पछि फराकिलो बनाउँदा आफ्नो घरबार गुम्ने भन्दै यहाँका केही बासिन्दाले तारबार भत्काइदिएका थिए।
स्थानीयले सडकका लागि फाउन्डेसनले पनि जग्गा छाड्नुपर्ने माग गर्दै आएका छन्।फाउन्डेशन का अध्यक्ष सिताराम कट्टेलकै उपस्थितिमा भएको भएको बैठकमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् ।
साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने बताएका छन् ।रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् ।
क्रिकेट रंगशाला निर्माणको काम तत्काल अगाडी बढ्ने सिताराम कट्टेलले बताए साथै शनिबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललगायतले मैदान निर्माणलाई सुरु गर्न आग्रह गरे।
क्रिक्रेट मैदान बनाउन जस्तोसुकै मूल्य चुकाउन महानगर तयार रहेको दाहालले बताइन्। कार्यक्रममा ‘भत्काउनेले बनाउनुपर्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड लिएर बालबालिका पनि पुगेका थिए।
रंग शाला निर्माणको बारमा डोजर लगाउने नेकपाका स्थानीय नेता प्रकाश कडेंललाई पार्टीले कारवाही गरेको छ। घटनामा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।