१८ वर्षको त्यो दरबार,,

जेठ १९ , काठमान्डौ – रंग दर्पण ,,नेपलाको सबै भन्दा ठुलो र अकल्पनीय दरबार हत्या काण्ड भएको आज १९ वर्ष पुगेको छ। राजा विरेन्द्रको १० जनाको वंशनास हुनेगरीनै भएको त्यो दरबार हत्याअहिले पनि सबै नेपालीको मनमुटुमा झल्झली आउने गर्दछ ,।

दुर्भाग्यत यो हो कि स परिवारको हत्या कसरि र कसले गर्यो भन्ने अहिले सम्म पत्ता लागेन ।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त यो घटनालाई ‘ग्राण्ड डजाइन’ भनेका थिए। अहिले सम्म धेरै जना प्रधानमन्त्री भईसकेपनि राजा विरेन्द्रको हत्या कसरि भयो भन्ने कसैले पनि खोजतलास गरेनन ।

,दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो ।

lekbesi

प्रतिवेदनमा देवयानी र आफूबीचको विवाहको प्रस्तावलाई राजपरिवारले अस्वीकार गरेकाले हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् । विरेन्द्र परिवारको हत्या काण्ड पछि राजा ग्यानेद्रले ४ वर्ष कार्यकारीको रुपमा राजसस्था चालाएका थिय।

तर धेरैले उनीमाथि प्रश्नपनि उठाएका थिय ,अहिले राजा बस्ने दरबार संग्रहालयमा परिणत छ ।सर्वसाधारणको घुमघामको थलो बनेको नारायणहिटी दरबारमा २०५८ जेठ १९ गते राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।