शिक्षिकाको कुटाईबाट पाँच विद्यार्थीको हात भाँच्चियो १४ जना घाईते ,,

जेठ २०, काठमाडौं – मानिसको जिबनको पहिलो घर हो पाठशाला , पाठशालामा ज्ञान सिक्ने र ठुलो मान्छे बन्ने साथीहरु संग खेल्ने रमाउने गरेका बलाबालिकामा विद्यालयका शिक्षक शिक्षिकाबाट नै अभद्र व्यवहार संगै यातना दिने काम भईरहेको छ।

तेस्तै घटना यो यो रोल्पाको रुन्टीगढी गाउँपालिका,८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयको ।उक्त विद्यालयकि सिक्षिका लक्ष्मी पुनले प्रार्थना समयमा नआएको भन्दै विद्यार्थीहरुलाई जेठ १२ गते कुटपिट गरेकी थिइन् ।

कुटपिटबाट ४ छात्राको हात भाँच्चिएको छ भने १४ जना घाइते भएका छन् । साथै विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पुनलाई प्रहरीले पक्राउगरेको छ ।

lekbesi

विद्यालयका प्रधानाध्यापक झगबहादुर भण्डारी पुनलाई निमित्त प्रअको जिम्मेवारी दिएर गाउँपालिकाले गरेको एसआईटी ट्रेनिङमा गएका बेला लक्ष्मीले विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । उनले प्रार्थना समयमा नआइपुगेको भन्दै १४ जनालाई कुर्सीको खुट्टाले कुटपिट गरेकी थिइन् ।

जेठ १२ गते बिहान घटना भएको थियो ,धेरै कुटाई खाएपछि विद्यार्थी हरुको हात नचलेपछि मात्र अभिभावकले थाहा पाएका थिय शिक्षिकाको पिटाइबाट भीमकुमारी बाँठा, गौरी घर्ती, निर्मला पुन, शान्ता नेपाल र विमला रोकाको हात भाँचिएको छ । ‘

कसैको हड्डी चर्किएको र कसैको भाँच्चिएको प्रअ भण्डारीले बताए । कुटपिट भयको रैछ तर घटना गुपचुप राखीएको रैछ पत्र पत्रिकामा आएपछि हामीले चासो देखायौ र कुटपिट गर्ने शिक्षिकालाई पक्राउ गरिउ इप्रका होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईले रंग दर्पणलाई बताए।

उनका अनुसार अहिले सम्म अभिवाबकले जाहेरी दिन आएका छैनन् जाहेरी दर्ता भए त्यसअनुसार कारवाही अगाडी बढाउछौ वा शान्ति सुरक्षामा खलल पु¥याएको कसुरमा कारबाही गर्छौं’ चापागाईँले भनेका छन् ।

लक्ष्मी पुन निजि श्रोतबाट राखीएकि शिक्षिका हुन्। स्थानीयका अनुसार एक वर्षअघि पनि पुनको कुटाइबाट एक विद्यार्थीको कानमा समस्या भएको थियो ।

अभिभावकले आफूहरुले पैसा दिएर राखेको शिक्षिकाले आफ्नै नानीहरुलाई कुट्ने भन्दै शिक्षिकालाई बर्खास्त गर्न माग गरे र कुटीएका विद्यार्थीको उपचार हुनपर्ने मागसहित जेठ १४ गते अभिवाबक र विद्यार्थीले स्कुलमा ताला लगाए ।

पुनले उल्टै बर्खास्त पनि हुने र उपचार पनि गर्नपर्ने भदै बिरोध गरेपछि यो कुरा इलाका प्रहरी कार्यालय होलेरीमा पुगेको थियो ।