नेपालमा ठुलो भुकम्प आउछ भन्दै जनतामा त्रास फैलाउने ज्योतिस अर्जुनलाई ज्योतिस संघले पनि कारबाही गरेको थियो र स्थानिले कुटाई ,,

जेठ २१, काठमान्डौ – जेठ महिनाको २९ गते सम्म महाभूकम्प जान्छा भन्दै सामाजिक संजाल देखि युटुबमा भाईरल बनेका अर्जुक कुमार थापा क्षत्रि पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । क्षत्रिले प्रहरीसामु आफु अनुमानको भरमा भुकम्प आउछ भन्दै बोलेको बताएका छन् ।

उनले सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. कार्यालय सञ्चालन गर्दै आएका छन्। यो भन्दा पहिले पनि क्षत्रि जता भावी बोल्ने गरेर ज्योतिष हरुकै बदनाम गर्ने गरेपछि उनलाई ज्योतिष संघले कारबाही गरेको थियो।

lekbesi

तेस्पछि उनले भाईरल युवा ज्योतिष हुन केहि युटुबहरुलाई किनेर आफ्नो अन्तर्वार्ता राख्न र लगातार लिन लगाएको अर्का ज्योतिष कमल पौडेल बताउँछन् ।भुकम्प जान्छ भन्दै जता भावी बोल्दा क्षत्रिलाई गौशालामा स्थानिले कुटाई समेत गरेका थिय ।

ज्योतिष पौडेलले भने, ‘जन्म मिति र जन्म स्थानको आधारमा मात्र भविष्यवाणी गर्न सकिन्छ । कसैले कसैको अनुहार हेरेर भविष्यवाणी गर्न सकिन्न ।ज्योतिष क्षेत्रमा धावा बोल्ने जो कसैलाई पनि कारबाही हुनपर्छ ,उनले भने ।

पक्राउ परेका क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ । २०७२ सालको भन्दा ठुलो भुकम्प जेठ महिना भित्र जान्छ भुकम्प नगए मलाई कारबाही गर्नुस भन्दै उनले बोलेका थिय।