नवलपरासीमा भर्खर आयो ठुलो आँधीहुरी स्थानिवासी तितरवितर ,,

जेठ २१ नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउपालिकामा हावाहुरीले गर्दा पाँच सय विगाहा भन्दा बढी केराखेतीमा नष्ट भएको छ ।

आईतबार साझ आएको हावाहुरीले खेतमा रहेको केराका बोटहरु काम नलाग्ने गरी ढालिदिएको छ । हावाहुरीले क्षति हुनेमा सबै भन्दा बढी प्रतापपुर गाउपालिकाको वडा नं. ६, ८ र ९ तथा सुस्ता गाउपालिकाको वडा नं.३, ४ र ५ मा क्षति भएको छ ।

हावाहुरीले गर्दा केरा खेती प्रभावित हुन पुगेको छ । हावाहुरीले केराखेती तथा घर प्रभावित क्षेत्रको प्रदेश सांसद अजय शाहीले स्थलगत अनुगमन गरेका छन् । अहिले क्षतिको विवरण संकलन भईरहेको र पुर्ण विवरण आएपछि आफुले प्रदेशमा समेत पहल गर्ने र अन्य निकायबाट पनि आवश्यक राहत उपलब्ध गराउनका लागि पहल गर्ने शाहीले बताएका छन ।

lekbesi

प्रतापपुर गाउपालिकाले किसानहरूको केराखेती र घरको क्षतिको विवरण संकलन गर्नको लागि प्रत्येक वडाहरुमा पत्राचार गरिसकेको छ । पुर्ण विवरण संकलन भएपछि गाउपालिकाले सके सम्म बजेट अनुसार क्षतिपुर्ति उपलब्ध गराउने र सम्बन्धित निकायमा क्षतिपुर्ति माग गर्ने गाउपालिका अध्यक्ष राजकुमार शर्माले बताए ।

जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रहरुमा नगदे बालीको रुपमा गर्दै आएका सयौं किसानहरुको करिब ५ सय देखि ६ सय बिगहामा लगाईएको केरामा क्षति पुगेको नवलपरासी केरा संघका अध्यक्ष लखु यादवले बताउनु भयो ।

प्रकृतिक समस्याबाट किसानहरुको क्षति न्युन गर्नको लागी पटक-पटक बिमा कम्पनीहरु संग पहल गर्न खोज्दा बिमा कम्पनीहरुले अटेर गर्दै आएको हुदाँ यसको प्रत्यक्ष असर किसान माथि पर्न गएको यादवले बताए । केरा फल्ने समयमा क्षति पुगेपछि करिब ५० प्रतिशत उत्पादनमा कमि आउने आशंका समेत गरिएको छ ।

केरा किसानहरुले आफुले लगाईएको केरा खेतीमा असर पुगेपछि सम्बन्धित निकायले अनुगमन गरि उचित क्षतिपुर्ति उपलब्ध गराउन स्थानिय,प्रदेश र संघीय सरकार सित माग समेत गरेका छन । नवलपरासी जिल्ला भरीमा करिब १३ सय बिगहा केरा खेती गरिएको छ ।

अंगद यादव/ नवलपरासी पश्चिम,,