वातावरण दिवसमा वृक्षारोपण गर्दै गृहमन्त्रि राम बहादुर थापा बादल ,,
जेठ २२ , काठमान्डौ – आज विश्व वातवरण दिवस नेपालमा पनि मनाईएको छ ।बुधबार काठमाडौंको सिंहदरबारभित्र राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।
गृहमन्त्री थापा बादलले एक नेपाली एक फलफूल विरुवा रोपण अभियान ’को निरन्तरता कार्यक्रमलाई अगाडी बढाउने पनि जानकारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भूमिसुधारमन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगरलगायतले विरुवा रोपेका छन् ।
वतावरण प्रदुषणले अहिले पनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।वातावरण स्वस्थ राख्न विभिन्न ठाँउमा सरसफाई राख्न प्रधानमन्त्री ओलीले सबैमा जानकारी समेत गरेका छन्।