पशुपतिनाथ मन्दिरको अर्बौ नगद सहित चल अचल सम्पति सार्वजानिक ,,
जेठ २२ , काठमान्डौ – पशुपति विकाष कोष क्षेत्रले पशुपतिनाथ मन्दिरमा संकलन सम्पति सार्वजानिक गरेको छ ।
कोषले क्षेत्रको नगद सहित चल अचल सम्पति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा छानबिन समितिका संयोजक मिलन कुमार थापाले पशुपति मन्दिरको नाममा एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ रुपैयाँ ५२ पैसा नगद सहित एक हजार ४४ दशमलभ ६४ ग्राम अर्थात् ८९ दशमलभ ५६ तोला सुन र एक लाख ४१ हजार एक सय २८ दशमलभ ७५ ग्राम(१२ हजार ९९ दशमलभ ७१ तोला) चाँदी जिन्सी सम्पत्ति रहेको विवरणसहितको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पशुपति मन्दिरको अचल सम्पत्तिको रुपमा विभिन्न क्षेत्रमा गरि करिब ६ हजार ७ सय रोपनीको हाराहारीमा जग्गा रहेको पनि जानकारी दिए ।
हालसम्म कोषमा दाखिला दर्ता रहेको मन्दिरको संरक्षण तथा गुठीको जग्गा ३ हजार ६ सय ६७ रोपनी, ४ आना ३ दाम(३६६७–४–३–०) रहेको र २ सय ३१ रोपनी १० आना एक पैसा(२३१–१०–०–१) दर्ता हुन बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।
यसको अलवा पशुपति विकास कोषकै एक हजार एकसय ६१ रोपनी १४ आना ३ दाम क्षेत्रफलको जग्गा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्षलाई ९९ वर्षका लागि भाडामा दिएको बताइएको छ ।
त्यस्तै कोषको करिब १७ रोपनी जग्गा भने मोहीको रुपमा तारागाउँ रिजेन्सी होटलले भोगचलन गरिरहेको समेत प्रतिवेदनमा खुलाइएको छ । कोषको बम्बे ढुकुटीको भाडा वर्तन अभिलेख र गुठीतर्फको १९५ गुठीको सुन, चाँदी तथा जिन्सीको हिसाब अझै प्राप्त हुन सकेको छैन ।
यसै अवसरमा कोषले पशुपति मन्दिरको मुख्य ढुकुटी अझैसम्म नखोलिएको र उक्त ढुकुटीमा अर्बौ÷खर्बौको सम्पत्ति हुन सक्ने जनाएको छ । कोषले वि.स २०७४ कात्र्तिक ६ गतेको निर्णय अनुसार कात्र्तिक १६ गतेबाट सम्पत्ति अध्ययन तथा छानविन कार्य शुरु गरेको थियो ।
समितिका अनुसार सो विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो । विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको छैन