माग्ने बुढाको ,हिरालाली, भिडियो सर्वाजनिक ,,

अछामी गायक तथा अछामी मागने बुढाबाट परिचित जनक साउदको हिरा लाली बोलको देउडागीत भिडियो सर्वाजनिक भएको छ । जनकलाई जानकीले स्वरमा साथ दिएकि छिन।

गायक जनक साउदको संगीत रहेको यो हिरालालीमा राजेन्द्र शाह बिपीको शब्द लेखन छ। गीतमा मौलिक शब्दलाई प्रस्टफ़ुटन गरि स्थानिय स्थानमा छायांकन गरिएको छ ।

भिडियोलाई जनक साउदले निर्देशन गरेका छन । अमित बिकको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो अनुप बिकले सम्पादन गरेका छन् ।

lekbesi

नब मोडल स्वरोस्वती बन र राजेश साउदको अभिनय रहेको उक्त भिडियोमा स्थानिय लोप्मंमुख बाजा संगै स्थानिय नाच पनि प्रस्तुत भएको छ ।

गायक तथा निर्देशक बनेका साउद पछिल्लो समयमा निकै चर्चामा छाएका छन्। यो गीतबाट पनि उनले निकै आशा राखेको प्रतिक्रिया रंग दर्पणलाई दिए ।गीतमा अत्यधिक क्रोस र सुन्दर दृश्यमा सुदुर पश्चिमका ताल तलैया चित्रण छन् ।