Simta
Simta
lekbesi

तरलता अभावको असर : ऋण लिनेको चाप कोषमा ,,

Gurvakot

रंग दर्पण १६ – काठमाडौं : बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव भएपछि कर्जा लिनेको चाप कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषमा परेको छ। लगानीयोग्य पुँजी अभावमा बैंकिङ क्षेत्रको कर्जा प्रवाह गर्ने क्षमता घटेको छ। बैंकमा कर्जा नपाएपछि सर्वसाधारण यी दुई संस्थानमा धाउन थालेका छन्। अहिले ती संस्थानमा कर्जा लिनेको चाप बढेर दोब्बर भएको छ।

बैंकभन्दा सस्तो र सरलमाध्यमबाट कर्जा पाइने भएकाले ‘सञ्चयकर्ता’ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट कर्जा लिन आकर्षित भएका हुन्। कोषले प्रदान गर्ने अन्य कर्जाका साथै सेयर कर्जा र बैंकको कर्जा भुक्तान गर्न समेत सञ्चयकर्ताले कोषबाट रकम सापट लिने गरेको कर्मचारी सञ्चयकोषका मुख्य अधिकृत राजेन्द्र काफ्लेले जानकारी दिए। कोषले आठदेखि १० प्रतिशतसम्म ब्याजमा कर्जा प्रभाव गर्दै आएको छ।

कर्मचारी सञ्चय कोषबाट तीन महिनायता दैनिक करिब २० करोड ऋण तथा सापटी कर्जा प्रभाव हुने गरेको थियो। अहिले बढेर दोब्बर भएको काफ्ले बताउँछन्। ‘सामान्य अवस्थामा दैनिक करिब १० करोड रुपैयाँ विभिन्न शीर्षकमा कर्जा प्रवाह हुने गरेको थियो’, उनले भन,‘बैंकमा देखिएको ‘क्रेडिट क्रन्च’ ले घर सापटी, शैक्षिक कर्जा प्रवाह ह्वात्तै बढाएको छ।’ कोषबाट सञ्चयकर्ताले बढीमा एक करोडसम्म घर सापटी कर्जा लिन पाउँछन्। कोषले साढे नौ प्रतिशतमा आवास कर्जा उपलब्ध गराउँदै आएको छ।

lekbesi

नागरिक लगानी कोषमा पनि बजारमा नयाँ कम्पनीको सेयर आएयता कर्जाको चाप बढ्दै गएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए। ‘दुई कम्पनीको सेयर खुलेसँगै कर्जा लिनेको चाप बढेर दोब्बर भएको छ,’ उनले भने, ‘अन्य समयमा दैनिक तीन/चार करोड रुपैयाँ सापटी जाने गरेको थियो।’ अहिले केही दिनयता बढेर दैनिक सात/आठ करोडसम्म सहभागीले कर्जा सापट लिने गरेका छन्।’

बैंकभन्दा सस्तो र सरलमाध्यमबाट कर्जा पाइने भएकाले सञ्चयकर्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट कर्जा लिन आकर्षित भएका हुन्।

गत शुक्रबारदेखि सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको दुई अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन सुरु भएको छ। कर्जा लिँदा छिटो हुुनुका साथै थोरै ब्याजमा पाइने भएकाले सरकारी स्वामित्वका संस्थानमा कर्जा लिनेको आकर्षण बढेको हो।

सञ्चय कोषमा पाँच लाख ७५ हजार सञ्चयकर्ताको दुई खर्ब ६० अर्ब रुपैयाँ सञ्चित छ। कोषले यो रकममध्ये ५५ प्रतिशत नेपाल सरकारको जमानीमा विभिन्न क्षेत्रमा कर्जा प्रवाह गरेको छ भने २२ प्रतिशत मुद्दती खातामा रहेको काफ्लेले जानकारी दिए। यो कर्जामध्ये परियोजना कर्जा १३ प्रतिशत अर्थात् ३६ अर्ब, राष्ट्रिय ऋणपत्रमा साढे १४ अर्ब, सेयर लगानीमा चार अर्ब ६० करोड रुपैयाँ प्रवाह भएको छ।

कोषले माथिल्लो तामाकोसीमा सम्झौता भएअनुसार १० अर्ब नै लगानी गरिसकेको छ। चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण कार्य यही आवमा सम्पन्न गर्ने सरकारको योजना छ। कुल ३५ अर्ब २९ करोडको यस आयोजनाको लागत पछिल्लो समय १५ अर्बसम्मले बढ्ने अनुमान गरे पनि यसमा कोषको लगानी १० अर्बमात्र छ।

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा नयाँ एयर बस खरिद गर्न कोषसँग २२ अर्ब रुपैयाँको सम्झौता गरेको छ। यो रकममध्ये हालसम्म कोषले १३ अर्ब रुपैयाँ भुक्तान गरिसकेको प्रमुख अधिकृत काफ्ले बताए।

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्यसहित कोषले पछिल्लो समय साञ्जेन र रसुवागढीमा १३ अर्ब लगानी गर्ने सम्झौता गरेको छ। यो रकममध्ये हालसम्म सात अर्ब भुक्तान भएको काफ्लेले बताए। हाल कोषमा तीन सयभन्दा बढी निजी संस्था आवद्ध छन्।

अर्कोतर्फ बैंकमा लगानीयोग्य पुँजी अभाव भएपछि संस्थागत निक्षेप तान्न बैंकको होडबाजी नै चल्ने गरेको छ। सञ्चयकोषबाट मासिक तीन/चार अर्ब रुपैयाँ बैंक जाने गरेको छ। मुद्दती खातामा राखेको रकम परिपक्क भए पनि बैंकले नवीकरण गर्न आग्रह गरेको कोषका मुख्य अधिकृत काफ्लेले बताए।

तरलता अभावपछि बैंकले रकम नझिकिदिनुस् भन्न थालेका छन्’, काफ्लेले भने, ‘हामीले आफ्नो आवश्यकता हेरेर निर्णय गर्ने गरेका छौं।’ १५ दिन अघिमात्र नागरिक लगानी कोषको नाममा नेपाल राष्ट्र बैंकको खातामा रहेका पुँजी तान्न प्रायः सबै बैंक अग्रसर भए।

कोषले भने बढी ब्याज दिने बैंकलाई ६ अर्ब निक्षेप दियो। त्यतिबेला बैंकहरूबाट २२ अर्ब रुपैयाँको माग भएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए। ‘तरलता अभाव भएसँगै निक्षेपको बढी माग छ’, उनले भने, ‘संस्थागत निक्षेप लिन बैंकबीच प्रतिस्पर्धानै चल्ने गरेको छ।’ १५ दिनअघि ११ प्रतिशत ब्याजमा ६ अर्ब रुपैयाँ विभिन्न बैंकको मुद्दती निक्षेपमा राखेको हौं।’

राष्ट्रिय बीमा संस्थानको पनि केही दिनपछि पाँच अर्ब रुपैयाँ परिपक्क बन्दै छ। यो रकमका लागि विभिन्न बैंकबाट फोन र आग्रह आउने गरेको संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए। ‘वित्तीय बजारमा तरलता अभाव भएपछि संस्थाले कल डिपोजिटबाट पनि बैंकमा पैसा पठाउने गरेको छ’, उनले भने, ‘मासिक १० करोडको हाराहारामा रकम पठाउने गरेको छौं। हाल राष्ट्र बैंकसँग विभिन्न सार्वजनिक संस्थानको साढे १२ अर्ब पुँजी छ।’

Simta