suekhet
bheriad

लामो समयपछि नायक रमित चलचित्रमा आउदै ,,

lekabesi

नायक रमित ढुंगाना लामो समयपछि चलचित्रमा देखिदै छन्। रमित चलचित्र क्षेत्रमा लामो समयसम्म विश्राम गरिरहेका थिय ।

अब भने रमितले नयाँ चलचित्र ‘राजा साहेब’मा काम गर्दैछन । राजा साहेबमा कुन नायिकालाई राख्ने भन्ने फिक्स नभएपछि चलचित्रको काम शुरु हुन सकेको छैन।

,विचल राइको निर्देशनमा बन्न लागेको यो चलचित्रमा रमितले ‘साइको’ व्यक्तीको भूमिका निर्वाह गर्नेछन् । नायिका फाईनल हुन नसक्दा यो साताबाट छायांकन हुन लागेको चलचित्रको पछि सरेको छ ।

चलचित्रका लागि ‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्टलाई अफर गरिएको थियो । तर, सुपुष्पाले उक्त चलचित्रमा काम गर्ने मन देखाइनन् । निर्माण युनिट नयाँ नायिकाको खोजीमा लागिपरेको छ ।

नायिका फाईनल भएपछि चलचित्रको छयांकन कार्य अगाडी बढ्ने छ। रमितको खस्कदो कारणपनि चलचित्रमा नायिकाले खेल्न नमान्नु देखिन्छ।