suekhet
bheriad

राउटे हेर्न अब टिकेट काट्नुपर्ने ,,

lekabesi

जेठ २३, काठमान्डौ – जंगलमा घुमन्ते जिबन बिताईरहेका राउटेलाई अब भेट्न पर्दा टिकट काटेरमात्र भेट्न पाउने सरकारले वयवस्था गरेको छ।

नेपालको अहिले कर्णाली परदेशमा यो जातको बसोबास भईरहेको छ । कर्णाली प्रदेश दैलेखको गुराँसे गाउँपालिकाले राउटे समुदायको अस्तित्व नै लोप हुने स्थिति आएको भन्दै उनीहरुको संरक्षण गर्न यस्तो प्रावधानाको तयारी गरेको हो ।

छाडा रुपमा जो कोहिपनि राउटेको बस्तीमा छिर्दा उनीहरु मानसिक तनाबसमेतमा परेका छन् । सुर्खेतको गुर्भाकोटबाट गुराँस गाउँपालिका-५ बुबैराखेमा बसाइ सरेका छन् ।

राउटेहरु सँधै जुन स्थानमा गएपनि हिँडेर पुग्ने गर्दथे तर यो पटक भने उनीहरु बस यात्रा गरेर बसाई सरेका छन् यसो गर्दा राउटे बसाई स्थान पर्यटकीय स्थान बन्ने समेत गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।

राउटे संस्कृति हराउँदै गएको हुनाले र उनीहरुको मानव अस्तित्वनै हराएर जाने हुनाले यो टिकट प्रणालीको सुरुवात गर्न लागेको ओली बताउछन ।

अध्यक्ष वलीका अनुसार अहिले राउटे बस्तीमा प्रवेश गर्नका लागि गुराँस गाउँपालिका भित्रका नागरिकलाई १० रुपैयाँ, अन्य नेपाली नागरिकलाई २० रुपैयाँ र विदेशी नागरिकलाई ५०० रुपैयाँ तोकिने छ ।

कपडाको फेटा मात्र बेर्ने , जंगलमा बस्ने फिरन्ते जिबन बिताउने र काठको भाँडा निर्माण गर्दै बनका कन्दमुल खाएर यो जात बाँची रहेको छ ।यो जातलाई नेपाल सरकारले बचाई राख्न यस्तो पहल चालेको छ।