इलेक्ट्रिक स्कुटरको १५ दिन भित्र दर्ता हुनपर्ने अनटेस्ट चल्न नपाउने ,,

जेठ २३ , काठमान्डौ – विधुतिय माध्यामबाट चल्ने गरेका स्कुटर १५ दिन भित्रमा यातायात व्यवस्था विभागमा दर्ता भईसक्न पर्ने विभागले जनाएको छ ।

सडकमा गुडेका तर कुनै अभिलेख नभएका यस्ता सवारीलाई १५ दिनभित्र विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्ने निर्णय कार्यन्वयन गर्न परिपत्र भएको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए ।

हेल्मेट तथा नम्बर बिनै चलेका यस्ता सवारी साधन दुर्घटना पर्दा अप्ठ्यारो परेका कारण यस्तो व्यवस्था गरिएको एसएसपी पन्तले बताए । नयाँ नियमअनुसार विदेशबाट खरिद गरी ल्याएको तथा ग्राहकले किनेको १५ दिनभित्रै यस्ता सवारीसाधन यातायात व्यवस्था विभागमा अनिवार्य दर्ता गराउनु पर्नेछ ।

दर्ता नभएका विद्युतीय स्कुटरलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरीवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ । नेपालमा हाल कति विद्युतीय स्कुटर सञ्चालनमा छन् भन्ने कुनै अभिलेख छैन ।

साथै विभागले सवारी भित्र्याएको १५ दिन भित्र दर्ता गरिसक्न र त्यस अवधिपछि अनटेस्ट सवारीलाई सडकमा नचलाउन भनेको छ ।हाल सञ्चालनमा रहेका त्यस्ता सवारीले असार ५ गतेसम्म यातायात व्यवस्था विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्नेछ ।