suekhet
bheriad

राजतन्त्र चाहियो भन्दै बोल्ने मुर्खपनि नेपालमा अझै छन् प्रधानमन्त्री ओली ,,

lekabesi

जेठ २४ , काठमान्डौ – नेपालमा राजतन्त्र चाहियो भन्दै बोल्ने मुर्ख नेपालमा अझै छन् भन्दै ओलीले तेस्ता ब्याक्तिलाई कडा जवाफ दिएका छन् ।

२ सय ४० वर्ष नेपालमा सासन सरकार चलाएको राजतन्त्रले गर्दा नेपालमा देश रितिएको र जनताले दुख पाएको थाहा नपाउने हरु मुर्खहुन् हुन्। शुक्रबार भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले राजतन्त्रको विषयमा जनमत संग्रहको माग गरिरहेका राप्रपा लगायतका पार्टीप्रति लक्षित गर्दै उनले अगाडि भने ‘।

२ सय ४० वर्ष शासन गरेर नेपाललाई अन्धकार बनाउने त्यस्तो राजतन्त्र फेरि चाहियो भन्ने, ‘लठ्यौरो’ भए पनि जन्मिदै शासक हुन पाउनुपर्छ भन्ने मान्यता बोकेका त्यस्ता कुराहरुका पछाडि लाग्नेहरु पनि नेपालमा देखिएका छन् ।

’सरकारले शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको छ ।देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि प्रधानमन्त्रीले सचेत गराउनु भयो । साथै नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली जुन ८ देखि युरोपको भ्रमणमा जाँदैछन् ।स्वीजरल्याण्डको जेनेभामा विश्व श्रम संगठन, आइएलओको सम्मेलनमा सहभागी भएर जुन १० मा बेलायतको औपचारिक भ्रमणमा आउने कार्यक्रम तय भएको बताइएको छ ।