suekhet
bheriad

प्रधानमन्त्री ओलीको आजबाट युरोप भ्रमणमा सुरु ,,

lekabesi

जेठ २५ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आजबाट युरोप भ्रमण गर्दैछन । ,दुइपक्षिय भेटघाट र उपलब्धिको लागि ओली युरोपका बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँमा पुग्ने छन् ।

आज शनिबार अपराहन्न ओली युरोप भ्रमणको लागि उड्ने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्र्रािष्ट्रय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेन छ । जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्रीले बेलायतको भ्रमणमा निस्किनेछन् । त्यसैगरी उनी जेठ २९ गतेसम्म बेलायतको भ्रमणमा हुनेछन । प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।