suekhet
bheriad

कर्णाली प्रदेश सरकारको अर्को उधारणीय काम आफ्नै वायुसेवा संचालन ,,

lekabesi

जेठ,२७ काठमाडौं – यो वर्ष केन्द्रले बजेट बाँड फाँड गर्दा पनि सबै भन्दा बढी बजेट कर्णाली प्रदेशमा हालेको छ। तेसैले कर्णाली प्रदेश सरकारले पनि सहि सदुपयोग गर्ने क्रममा देखिएको छ ।

एक पछि अर्को विकासका योजना विस्तार गरेको कर्णाली प्रदेशले अब आफ्नै वायुसेवा संचालन गर्ने अवधारणा पनि अगाडी सारेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना दोस्रोपटक समेटिएको हो ।

कर्णाली सरकारले चालु आर्थिक वर्षको निथी तथा कार्यक्रममा पनि यो अवधारणा राखेको थियो तर बजेट नपरेपनि योजनाले स्थान पाउने देखिएको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा यो योजना सफल हुने निष्कर्षमा सरकार पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सन्तबहादुर सुनारले बताए ।

‘हामी आफैले कम्पनी खडा गरेर हवाईजहाज चलाउनसक्ने अवस्था छैन, तर यहाँ हवाई सेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यस अवस्थामा अब निजी क्षेत्रसँगको सहकार्यमा हामी वायुसेवा सञ्चालनको कार्यक्रम ल्याउँदैछौं ।

कर्णाली प्रदेश अहिले बजेट निर्माणमा जुटेको छ । नीति तथा कार्यक्रमसँग मेल खाने गरी बजेट निर्माण भइरहेको र त्यसका माध्यमबाट ठोस योजनासहित कार्यान्वयनमा जाने सचिव सुनारले बताए ।

उता, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधान पनि आगामी आवको बजेटमार्फत कर्णालीलाई प्राथमिकता दिएर उडान गर्ने वायुसेवा सञ्चालन हुने बताउँछन् । ‘

गत वर्ष बजेटमा परेन, यो वर्ष सायद बजेटले समेट्ने छ’, उनले भने ‘कर्णालीका जनतालाई ध्यानमा राख्दै वायुसेवा सञ्चालनको वातावरण बनाउँछौं ।

यस्तो कम्पनी नयाँ नै स्थापना गर्ने वा भइरहेकै कम्पनीलाई दूर्गम क्षेत्रमा उडान गर्न प्रोत्साहन गर्न सकिने सचिव सुनारले जानकारी दिए । ‘कम्पनीले उडानमा कर्णालीलाई केन्द्रमा राखोस भन्ने चाहेका हौं,’ उनले भने, ‘त्यस्तो मतलव नयाँ कम्पनी खोलेर, नयाँ जहाज नै किन्ने भन्ने पनि होइन ।

नेपाल सरकारसँग समन्वय गरी दूर्गम सेवा कोषको रकम सदूपयोग गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ । उक्त कोषबाट उडान अनुमति प्राप्त गरी सुर्खेतबाट प्रदेशका जिल्ला सरमुकाम तथा संघीय राजधानीसम्म नियमित जहाज उड्ने वातावरण बनाउने योजना प्रदेश सरकारको रहेको छ ।