suekhet
bheriad

गायक तेजस रेग्मीलाई लाग्यो गीत कपिको आरोप दर्शकले गरे यस्तो कमेन्ट ,,

lekabesi

नेपालि गीत संगीतमा आज भोलि अर्काको गीत कपि गर्ने लहरनै बनेको छ ,। कहिँ कतै भुलबस सानो टुक्का वा म्युजिक मिल्नु स्वाभाविक हो ।तर गायक तथा संगीतकार तेजस रेग्मीले रेशम सापकोटाको गीत कपि गरेको देखियो।

, मेरो हजुर आउनुस है घर एसपालिको दशैँ र तिहारमा बोलको चर्चित गीत हो रेशम सापकोटाको जुन गीत सदाबहार दशैँ तिहारमा बज्ने गर्दछ। उक्त गीतको म्युजिक मात्र नभई रिलिज भएको बनपाले गीतमा हुबहु कपि गरेको देखिन्छ ।

संगीतकारले नयाँ सिर्जना बजारमा ल्याएका छौ भन्दै स्टाटस हाल्ने बितिकै तेजसलाई दर्शकले गीत चोरीको आरोप लागाएका छन् । पुराना गीतलाई कपि गर्दै हिट बन्ने दाउमा अहिलेका संगीतकारहरु लागेको देखिन्छ । सायद यो धेरै नटिक्न पनि सक्छ।

केहि दिन आगाडी मात्र रिलिज भएको प्रकास सपुतको गीत गलबन्दीले पनि सम्भु राईको आउ नाच साथि हो कम्मर भाँचेर गीतको केहि कपि गरेको विवाद आएको थियो।

गीत संगीतमा जसले जेगरेपनि लोकदोहोरी प्रतिस्ठान , कलाकार समाज ,म्युजिक भिडियो संघले कुनैपनि चासो नदिएको देखिन्छ ।

कपि गरिएको गीत बनपालेलाई एस थ्रीके ईन्टरटेनमेन्टले बजारमा ल्याएको हो। दर्शकले नयाँ गीत सिर्जना गर्न नसक्नेले किन अरुको गीत कपि गर्नु भनेर सर्वाधिक कमेन्ट गरेका छन्।