नवलपरासीमा चट्यांग लागेर एक जनाको मृत्यु ,,
जेठ २९ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.- ५ बेतहानीमा बुधबार दिउसो आएको हावाहुरी र चट्यांगमा परि एक जनाको मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका वडा नं.-५ बेतहानी बस्ने ६५ वर्षको झिनकू लोनियाको मृत्युु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
आज दिउसो आएको हावाहुरी सहित पानी परेको बेला बेतहानी बैदौली पुलमा संचालित महायज्ञ हेरेर घर फर्कने क्रममा चट्याङ्ग लागेको थियो ।
चट्याङ्ग लागेर गम्भिर घाईते भएका लोनियालाई उपचारको लागि शहिद स्मृति सामुदायिक अस्पताल लग्दै गरेको अवस्था मृत्यु भएको थियो ।
मृतकको शवलाई पोस्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
अंगद यादव /नवलपरासी पश्चिम