धनुषामा बम विस्फोट ,,

जेठ ३० , धनुषा – धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

बुधबार राति करिब १० बजेतिर बम बिस्फोट भएको प्रहरीले जनाएको हो ।बम बिस्फोट कसले गरायो भन्ने भने पुस्टि भएको छैन।

बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन । धनुषामा केहि महिनादेखि विप्लवको गतिविधि बढीरहेको प्रहरीले जनाएको छ।