सन्नीको हट आईटम आजको सामबेबी नेपालि गीत रिलिज ,,
बलिउडमा हट आईटम गीतमा नाच्ने बलिउड नायिका सन्नी लियोनि नाचेको नेपाली चलचित्र पासवर्डमा समावेश गीत सामबेबी रिलिज भएको छ।
यो गीत सबै दर्शकले प्रतिक्षा गरेका थिय सन्नी यो गीतमा हट अवतारमा प्रस्तुत छिन ।साथमा चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ ।
चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको पनि अभिनय छ ।रिलिज भएको उक्त भिडियोमा अर्जुन पोखरेलको संगीत,विक्रम जोशीको शब्द तथा दुर्गा खरेलको स्वर छ ।

चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमर जीत सिंहको छायांकन छ ।
सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र पासवर्ड भदौ २७ गतेबाट रिलिज हुने छ। सन्निको आईटम नाचले चलचित्र कतिको माथि उठ्छ वा खस्किन्छ त्यो भने हेर्न बाँकीनै छ ।
यो नाचको लागि सन्नीले मोटो रकम लिएको खुलासा छ। सन्नी लियोनि नाचेको यो हट भिडियो ट्रेनडिङ्मा छ।