Simta
Gurvakot
Gurvakot

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको सिफारिस,,

जेठ ३१ , काठमान्डौ – तिनकुने पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले बदमासी गरेको संसदीय समितिले ठहर गरेको छ । साथै प्रतिनीधि सभाको विकास समितिले पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सिफारिस पनि गरेको छ ।

तीनकुनेको पुल २०७४ असार ५ गतेसम्म सक्ने गरी काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सन विच सम्झौता भएको थियो ।

पुलको काम सकेर अहिले सम्म हस्तान्तरण गर्ने बेलामा उल्टै बिचमा काम रोकेर विवादित बनेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

lekbesi

तिनकुने पुल निर्माणको लागि पप्पुले २०७१ सालमा नै ठेक्का लिएका थिए २१ करोड ३३ हजारमा पुल निर्माणको लागि ठेक्का पाएका उनले निर्धारित समयमा काम नसक्दा विकास समितिको टोलीले स्थलगत अध्यन गर्दामात्र पप्पुको बदमासी पत्ता लगाएको थियो ।

Simta

अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदी (कोटेश्वरतर्फ जाँदा) को बायाँतर्फ निर्र्माण भइरहेको पुलको लम्बाई ८६ मि. र चौडाई १७.२० मि. रहेको छ । कूल २९.५ मिटर गहिरो (लम्बाई)का १६ वटा १ हजार २०० का पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो ।

तर निर्माण व्यवसायीले एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण गरेको र २ वटा पाइल्स भाँच्चिएको पाइएको छ । प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्बद्ध कर्मचारीले जानकारी दिएका थिए ।

समितिको यहि वैशाख १९ गतेको निर्णय अनुसार सभापति कल्याणी खड्काको नेतृत्वमा जेठ २ गते सो पुलको अवलोक भएको थियो ।

पुलमा देखिएको समस्या समाधानका लागि सडक विस्तार आयोजनाले तत्काल  इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरि परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अगाडी बढाउने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ।