Simta
Gurvakot
Gurvakot

जिपको ठक्कर बाट मृतु भयपछि स्कुलमा तनाब ग्रस्त सडक अबरुद्द

रंग दर्पण १६ फागुन -बैतडी : बालक को मृतु भयपछी तनाब ग्रस्त भयको बैतडी देहीमाण्डौंमा अहिले पनि तनाब नै छ र सडक बन्द गरियको छ। सतबाँझबाट गोठलापानीतर्फ गइरहेको से १ ज ३८९ नम्बरको जीपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका हर्कबहादुर बोहराका ७ वर्षीय छोरा विवेक बोहराको ज्यान गएको हो।

विद्यालय जाने क्रममा जीपले बोहरालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। घटनालगत्तै जीप चालक नवराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बोहरा निंगलासैनी बोर्डिंग स्कुल देहीमाण्डौंमा यू केजीका छात्र हुन्।

Simta

जीपले ठक्कर दिँदा बालकको मृत्यु भएपछि स्थानीयबासीले देहीमाण्डौंमा सडक जाम गरेका छन्। दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले सडक जाम गरेका हुन्। आक्रोशित स्थानीयले देहीमाण्डौ बजार समेत बन्द गराएका छन्।

lekbesi

सडकमा गाडी नचल्दा बैतडी सदरमुकाम जाने र सदरमुकामबाट अन्यत्र चल्ने सवारी साधन बीचबाटोमै रोकिएका छन्। स्थानीयले देहीमाण्डौंमा नाराबाजी समेत गरेका छन्। आफन्तले अहिलेसम्म लास बुझेका छैनन्।

विद्यार्थीले घटनास्थलमा ढुंगामुढा गर्दा एक प्रहरी समेत घाइते भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए। आक्रोशित भीडलाई शान्त बनाउने प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।