Simta
Gurvakot
Gurvakot

लिची खाँदा ४७ बालबालिकाको मृत्यु ,,

जेठ ३१ ,काठमान्डौ – मौसम परिवर्तन भएसंगै बजारमा विभिन्न प्रकारका फलफुल भित्रने गर्दछन । आज भोलि कुनै पनि ठाँउमा अर्गानिक फलफुल तथा खाद्यान्न सामानहरु पाउन सकिदैन।

जता ततै हुने फलफुल तथा खाद्यान्नका सामानहरुमा विभिन्न प्रकारका रासायनिक तत्त्व मिसावट हुन्छन । तेस्ता चिजले मानिसको जिबनमा कति असर पार्छ त्यो भने कसैलाई थाहा नहुनसक्छ ।

तेस्तै उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ। सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको बिहारका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

lekbesi

स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ।

Simta

रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन्। लिची त्यस्तो प्रकारको रसायन हुन्छ। लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ।

जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारले भने,‘ मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो। बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो।

तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ। लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन्। मृतकका आमा बाबुले स्वास्थ्यकर्मीलाई बताए अनुसार दिनभर लिचीको रुखमा झुण्डिने र साँझ परेपछि खाना नखाने गरेको खुलासा भएको छ ।

बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ।मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए। एजेनसीको सहयोगमा ,,