गाँउपालिकालाई सफा स्वच्छ बनाउनका लागि सदैव लागि पर्ने अध्यक्ष शर्मा ,,
असार १ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमकाे प्रतापपुर गाँउपालिका वडा नं.- २ मा रहेको गोपिगंज बजारमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।क्लिन गोपिगंज ग्रीन गोपिगंज महाअभियानको नाराको साथ प्रतापपुर गाउपालिकाको सहयोग गोपिगंज बजार विकास उपभोक्ता समितिको आयोजना र मुक्तिनाथ विकास बैंक सहआयोजकमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतापपुरगाँउपालिकालाई स्वच्छ सफा र सुन्दर बनाउनेको लागि गाउपालिका सदैव लागि रहने छ । सबै नागरिकहरुको हृदय देखि सरसफाईको चेतना जागृत भएमा मात्र सरसफाई कार्यक्रम सार्थक हुने गाउपालिका अध्यक्ष राजकुमार शर्माले बताउनु भएको थियो । बृहत सरसफाइ कार्यक्रममा सहभागी भएका विभिन्न संघ संस्थाहरूलाई सराहना गर्नु साथै शर्माले धन्यवाद व्यक्त पनि गर्नु भएको थियो ।
बजारलाई सफा पार्ने र हरेक नागरिकमा सरसफाइ बारे जनचेतना फैलाउने उदेश्यले सरसफाई कार्यक्रम गरिएकाे मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक दिपक अधिकारीको जानकारी गराउनु भयो ।
सरसफाई कार्यक्रममा प्रतापपुर गाउपालिका वडा नं.- १ र २ को कार्यालय, गोपिगञ्ज बजार उपभोक्ता समिति, मुक्तिनाथ विकास बैंक, सशस्त्र बेस क्याम्प सेमरी, ईलाका प्रहरी कार्यालय सेमरी, बाल्मिकी सहकारी संस्था लिमिटेड, गोपिगंज खानेपानी तथा सरसफाइ उपभोक्ता समिति होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नवलपरासी लगायतका संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गोपिगंज बजार विकास उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण न्यौपानेको अध्यक्षता, प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्यता, वडा नं.-२ को वडाध्यक्ष ईश्वरी चौधरी र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नवलपरासीका अध्यक्ष रमेश पाण्डे अतिथिथ्यतामा केशव चापागाईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
अंगद यादव/नवलपरासी पश्चिम,,