suekhet
bheriad

स्वदेश फर्किए प्रधानमन्त्री ओली,,

lekabesi

असार १ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान स्वदेश फर्किएका छन् । ओली जेठ २५ गते युरोप भ्रमणको लागि उडेका थिय ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन युरोप पुगेका थिए ।

ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।

प्रधानमन्त्री ओलीले विमानस्थलकाे विशिष्ट कक्षमा सञ्चारकर्मीहरूलाई आफ्नो भ्रमणबारे जानकारी गराएका छन् ।स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट आज बिहान १० बजे ओली स्वदेश आईपुगेका छन् ।