suekhet
bheriad

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु,,

lekabesi

असार २ काठमान्डौ – बझाङको डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ५ जना घाईते छन् ।

सदरमुकाम चैनपुरनजिकैबाट मष्टा गाँउपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थल अप्ठेरो भएको हुनाले उद्दारकार्यमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका हुन् ।