गुठि विधेयक फिर्ता हुन्छ छलफल हुन्छ प्रधानमन्त्री ,,

असार २ , काठमान्डौ – विवादित गुठी विधेयकबारे मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओली युरोप भ्रमण गएको बेलामा राजधानीमा गुठी विधेयकबारे आन्दोलन चर्केको थियो ।

ओलीले काठमाडौं उपत्यकाका प्रतिनिधिसभा र प्रदेश सभाका सांसद तथा स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुसँग सोमबार परामर्श गरी सो सम्बन्धमा मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका हुन् ।

lekbesi

छलफलमा अधिकांसले विधेयक फिर्ता लिन प्रधनमन्त्रीलाई सुझाव दिएका थिय । विधेयक फिर्ता नभए ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन थेगिनसक्नुको हुने समेत नेकपा देखि विभिन्न नेताहरुले जवाफ दिएका छन् ।

गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै उपत्यकामा केही दिनदेखि प्रदर्शन हुँदै आएको छ । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिने बचन दिएका छन् ।