कर्णाली नदीमा जिप खस्दा १५ जना वेपत्ता उद्दारको लागि हेलिकप्टर पठाईयो ,,

असार ३ , हुम्ला – हुम्लाको कर्णाली नदीमा जिप दुर्घटना हुँदा १५ जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाँउपालिका हुँदै जिल्ला सदरमुकामको लागि छुटेको लु १ ज ७१६६ न.को जिप मगंबार कर्णाली नदीमा खस्दा १५ जना बेपत्ता रहेको हुम्लाका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले जनाकारी गरेका छन् ।

जिपमा अन्य सवार रहेको वा नरहेको एकिन भने हुन सकेको छैन  ।कर्णाली नदीमा जिपको उदार कार्य भईरहेको सिंहले बताए ।

स्थानिएका अनुसार जिपमा गाँउपालिकाका उपाअध्यक्ष सिन्धु शाही हमाल सहित उनका पारिवारिक सदस्य रहेको खुलेको छ  ।

lekbesi

खार्पुनाथका अध्यक्ष कर्णबहादुर रावलका अनुसार जिप हुम्लाको सिमिकोटबाट गाँउपालिका कार्लाया आउने कर्ममा करिब १२ बजे सडकबाट कर्णाली नदीमा खसेर वेपत्ता भएको थियो ।

बेपत्ता जिपको खोजि कार्यको लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको प्रहरीले जानकारी गरेको छ । दुर्घटनास्थल सदरमुकाम देखि धेरै टाढा रहेको छ ।