हिजोको दिनमा मुर्ति चोर्ने आज गुठि विधेयकको आन्दोलनमा उत्रीए प्रधानमन्त्री ओली ,,

Naumule

असार ४ , काठमान्डौ – प्रतिपक्ष नेपालि कांग्रेसले बार बार सरकारसंग निहुखोजेको दाबि गरेका छन् ।मङगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसको पछिल्लो व्यवहार आश्चार्यजनक भएको पनि बताए ।

उनले आफुलाई संसदमा बोल्न नदिन काँग्रेसका नेता तथा सभापति शेरबहादुर देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लागेको बताए ।

प्रधानमन्त्री ओली आफू विदेश भ्रमणमा रहेका बेला काठमाडौंमा चलेको गुठी विधेयकविरोधी आन्दोलनबाट निकै आत्तिएका जस्ता देखिन्थे । उक्त आन्दोलनमा दरबारियाहरु घुसेर लोकतन्त्रलाई नै धरापमा पार्न खोजेको ढंगबाट प्रधानमन्त्री ओलीले विश्लेषण गर्ने प्रयास गरे ।

साथै उनले पञ्चायतकालीन ‘मूर्तिचोर’ हरु पनि संस्कृतिको पक्षपातीजस्तो देखिएर आन्दोलनमा घुसपैठ गरेको संकेत गरे ।
प्रधानमन्त्री ओलीले अतिवामपन्थी र अति दक्षिणपन्थीहरुवीच मोर्चाबन्दी भएको दाबी गरे ।

Gurvakot

प्रधानमन्त्रीले संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्रीभन्दा अगाडि आफुले बोल्न पाउनुपर्छ भन्ने लोकतन्त्रमा कहीँ हुँदैन । प्रधानमन्त्रीलाई बोल्न रोक्न कुनै विषयमा मतभेद पनि होइन ।

पहिला प्रधानमन्त्री र त्यसपछि प्रतिपक्षी दलको नेताले बोल्ने विश्वव्यापी प्रचलन हो,’ प्रधानमन्त्रीले अगाडि भने, ‘हरेक क्षेत्रमा निहँु खोज्ने काँग्रेसले आश्चर्यजनक व्यवहार गर्यो । म आश्चर्यचकित भएको छु ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागेको बताउँदै वीपीकालीन ०१७ सालको घटनालाई समेत स्मरण गरेका छन् । अहिलेको परिस्थिति गम्भीर रहेको प्रधानमन्त्री ओलीको विश्लेषण छ ।प्रधानमन्त्रीले लोकतन्त्रमाथि खतरा आइलागेको बताउँदै भने, ‘हामीले धेरै लामो बलिदानीपूर्ण संघर्षबाट आजका उपलब्धिहरु ल्याएका हौं ।

तर, आज लोकतन्त्र, गणतन्त्र, संघीयताका विरुद्ध अर्थात जनताको शासनका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै स्पष्ट देखा परेको छ । घोर दक्षिणदेखि घोर वामसम्म, अति वाम उग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादीसम्म एकजुट भएको अवस्था छ ।

’विगतका ‘मूर्तिचोरहरु’ समेत अहिले संस्कृति बचाउनुपर्छ भन्दै गुठी विधेयकको विरोधमा उत्रिएको लाक्षणिक अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बचाउनकै लागि भूमि व्यवस्था मन्त्रीले विधेयक फिर्ता लिनुपरेको विश्लेषण सुनाए ।

Bangad kupinde