कर्णालीमा जिप दुर्घटना तिनदिन सम्म शव नमिल्दा पुत्ला गराएर दास्संस्कार ,,रंग दर्पण ,

असार ५ , हुमला – हुम्लाको खार्पुनाथ गाँउपालिकाबाट सदरमुकाम आँउदै गरेको जिप कर्णाली नदीमा दुर्घटना भएको तिनदिन सम्मपनि भेटिएको छैन ।

मंगलबार दिउँसो तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि गएको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौनामा अनियन्त्रित भइ कर्णाली नदीमा खसेको थियो ।

दुर्घटना भएको जिपको तिब्ररुपमा खोजितालास भएको छ ।तर तिनदिनसम्म पनि जिप फेला नपरेपछि आफन्तले परालको पुत्ला बनाएर मृतकको सम्झनामा दास्संकार गरेका छन् ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसँगै ७ जनाको बिहीबार कर्णालीको खापुदोभान र प्युसनिवासी कौरा दमाई र दुई वर्षीय छोराको गोग्चेगौंडामा दाहसंस्कार गरिएको छ ।

तेस्तै जिप दुर्घटनामा ११ जना सवार भएको खुल्न आएको छ। जिपमा नाम नखुलेका वेल्डिङ मास्टरका एक जना कुकसमेत रहेको खुलेको प्रहरीले जनाएको छ ।

तिनदिन सम्मपनि जिप अनि मृतक फेला नपरेपछि आफन्तहरु मिलेर सम्झनामा परालको पुत्ला बनाएर दास्संस्कार गरेको खार्पू गाँउपालिकाका अध्यक्ष कर्ण रावलले बताए।

दासंस्कार गरिएपनि जिप लगायत् मृतकको शव खोजिकार्य भईरहेको जिल्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले बताए। बुधबार बिहान घटनास्थलभन्दा ३ किलोमिटर तल बक्च्यगौडा नदीको किनारमा उपाध्यक्ष शाहीको झोला भेटिएको थियो ।

झोलाभित्र केही नगद, चप्पल, नागरिकता, परिचयपत्र र लत्ताकपडा रहेको गाउँपालिका अध्यक्ष रावलले जानकारी दिए । उनका अनुसार घटनास्थलदेखि ४ किलोमिटर तल कारङखोलाको किनारमा जिप चालक मणिराज शाहीको पाइन्ट, मास्क र जुत्ता भेटिएको छ ।

मृतकका परिवारलाई १० हजार कृयाखर्च दिईने गाँउपालिकाका अध्यक्ष कर्ण रावलले बताए। साथै १३ दिनसम्म गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिने सम्पूर्ण सरकारी कार्यालय र विद्यालय बन्द गरिनेपनि रावलले जानकारी दिए।