रसुवागढीको सुरुङ मार्गमा पहिरो जाँदा १५ कामदार थुनिए ,,
असार ५ ,काठमान्डौ – सुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका छन् ।
गोसाइकुण्ठ गाउँपालिका,२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो जाँदा सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका छन् ।
सुरुङ्ग भित्र पुरीएका हरु आफै बाहिर आउनसक्ने अवस्था नभएको र उनीहरुको उद्दारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
उद्दारका लागि सीमा सुरक्षा चौकीबाट ७ जना प्रहरीको टोली पुगेको छ’, उनले भने, ‘स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगेको छ ।