suekhet
bheriad

सर्वोच्चमा लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई बुधबार हुने,,

lekabesi

असार,८ काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका हुने भएको छ ।

आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन ।

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ । आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।