जनार्दनको गृहमन्त्रीलाई प्रश्न गोलि हान्दा हात ६,७ ठाँउमा कसरि भाँचीयो ?रंग दर्पण ,,

असार ९ काठमान्डौ – विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफ सहि नभएको पूर्वगृहमन्त्री जनार्दन शर्माले बताएका छन्।

प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ तर जनताले त्यो भन्दैन । गोली लागेर मारिएको व्यक्तिको हात ६-७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने जनार्दनको भनाइ छ ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरेकाछन् ।

असार ५ गते पौडेलमाथि लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलमा प्रहरीले गोलि चलाएर हत्या गरेको थियो ।

विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको पूर्वगृहमन्त्री शर्माले बताउदै सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । पौडेलको हताय्बारे मानव अधिकारले पनि आवाज उठाएको छ भने विप्लवले हत्याको बदला लिने प्रतिवदत्ता गरेको छ।